Sunday, April 10, 2011

सपना

ओजश्वी

सपना देख्नुमा कोही दोषी छैन
हामीले हिजो पनि त्यो सपना देख्यौं
आज पनि देखिरहेका छौं
र भोली पनि हामीले सपना नै मात्र देख्छौं
आजभोलि संविधानको सपना देखिरहेका छौं
हिजोअस्ती गणतन्त्रको सपना देखेका थियौं
पुग्न त पुग्छ भन्छन् सपना विपनामा पनि
तर ढिलो चाँडो कहिले पुग्छ त्यो भने
न उसलाई थाहा छ न मलाई थाहा छ
सपना त सपना नै हो भन्थे
त्यही पनि सपना पनि पुरा भएको छ
यसैले सपना देख्नुमा कोही दोषी छैन
सपना एकदिन विपनामा परिवर्तन
अवश्य हुन्छ, आशा गरौं संविधानको
सपना हामीले देखेका छौं र
हामीले त्यो सपना देख्यौं मात्र भने
पनि भोलिको पुस्ताले त्यो भोग्न पाउँछ
यसैले सपना देख्न नछाडौं
सपना हाम्रो अवश्य पुरा हुन्छ
ढिलो चाँडो मात्र हो
सपना सपनानै मात्र रहँदैन
सपना विपनामा परिणत भएका
धेरै कुरा छन् यसैले
यसैले कमसेकम
सपना त हामीले देखिरहेका छौं
सपना देख्न नछाडौं
सपना एक दिन विपनामा
परिणत होस् यही शुभकामना ।।

अप्रिल १०, २०११